सधैंभरी जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर अमेरिकाको क्यालिफोर्नियाकी एक युवतीले भने १९ वर्षमै जवान देखिन भन्दै नियमितरुपमा सुँगुरको रगतले नुहाउने गरेकी छिन् । चेनेल नामक ती युवतीले सुन्दरता र यौवन अझै निखार्न भन्दै नियमित रुपमा सुँगुरको रगतले नुहाउने गरेकी हुन्् । सुँगुरको रगतले नुहाउने ती युवती भने आफैंमा साकाहारी हुन् । हजारौँ वर्षअघि मानिसहरुले सुन्दर रहनका लागि सुँगुरको रगतले नुहाउने गरेको सुनेको र आफूले पनि त्यसलाई अँगालेको उनले बताइन् । उनलाई सबैभन्दा ठूलो डर भनेकै कतै आफ्नो छाला चाउरी पर्छ की भन्ने छ । उनले नुहाउनका लागि आवश्यक पर्ने रगत विभिन्न मासुपसल तथा बधशालाबाट ल्याउने गरेकी छिन् । उनको यो हर्कत सामाजीक सञ्जालमा निकै चर्चित बनेको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया