नेपालगन्ज ०८ कार्तिक । नेपालगन्जमा सन्चालित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विकेशनले नेपालगन्जमा निःशुल्क शैक्षिक सेमिनारको आयोजना गरेको छ । बैदेशिक रोजगारीको लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी सेमिनारको गरिएको एक्पर्टले जनाएको छ । बैदेशिक शिक्षा हासिल गरी आफ्नो भविष्य उज्वल बनाउने उद्देश्य राखेका विद्यार्थीलाई कसरी सहज तरिकाले अष्ट्रलिया जान सकिन्छ भन्ने बारेमा नै सेमिनार आयोजना गरिएको नेपालगन्ज शाखाका निर्देशक सरोज प्रकास शर्माले जानकारी दिए । सेमिनारमा अष्ट्रेलियन शिक्षाका लागी जानुपुर्व पुरा गर्नुपर्ने सम्पुर्ण चरणहरुका बारेमा एक्सपर्ट एजुकेशन केन्द्रिय कार्यालय सिड्नी अष्ट्रेलियाका कार्यकारी निर्देशक बद्रि अर्यालले जानकारी दिने कार्यक्रम रहेको र अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालय इसिए र सिएसयुका प्रतिनिधिहरुले सल्लाह सुझाव दिइने भएको छ । नेपालगन्जमा रहेको एक्सपर्ट एजुकेशनको शाखाले छोटो समयमा उल्लेखनिय विद्यार्थिलार्य भाषाको तयारी कक्षा सन्चालन गरीरहेको शाखाका व्यवस्थापक ईश्वरी प्रसाद आचार्यले बताए । एक्सपर्ट एजुकेशनले पाचँ शाखा स्थापना गरेर काम गररिहेको छ ।

बार्षिक एक हजार जति विद्यार्थिलाई अष्ट्रेलिया पठाउन सफल एक्सपर्टले अष्ट्रेलिया जानको लागी विद्यार्थीलाई काठमाडौ जानै नपर्ने गरी व्यवस्था मिलाइएको जनाएको छ । फेब्रुअरी बाट अष्ट्रेलिया जान लागेका विद्यार्थिलाई अहिले बाट आयल्स कक्षा सन्चालन गरिएको छ । नेपालगन्जमा मात्र ३०÷४० जना विद्यार्थीलायृ अहिले आयल्स कक्षा लिइरहेको व्यवस्थापक आचार्यले बताए । सेमिनार १० गते शुक्रबारका दिन होटल सिटि प्यालेसमा विहान १० बजे आयोजना गरिएको हो । २ सय ५० जना विद्यार्थिलाई सेमिनारमा परामर्श दिइने एक्सपर्टले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया