नेपालगन्ज । बाँकेमा करिव ६० प्रतिशत धान काटेर सकिएको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार, जिल्लामा रोपिएको ६० प्रतिशत राधा ४ जातको धान काटेर सकिएको हो । राधा ४ जातको सवै धान पाकिसकेको भएपनि हाइवे्रड धान, राम धान, जानकी, सावित्री लगायतका धान पाक्ने क्रममा रहेको कार्यालयले जनाएको छ । डुडुवा, जानकी र नरैनापुर गाँउपालिकामा धान ढिलो रोपिएकाले मंसिरसम्म काटेर सकिने कार्यालयका कृषि प्रसार अधिकृत धनबहादुर पुनले जानकारी दिए । रोपिसकेपछि राम्ररी पानी परेकाले यो वर्ष धान उत्पादन बढ्ने अनुमान कार्यालयको छ । तर वैजापुर, विनौना, फत्तेपुरमा फौजी किराको प्रकोप देखिएकाले उत्पादनमा कति प्रभाव पार्छ एकिन भन्न नसकिने पुनले वताए ।

जिल्लामा यो वर्ष पनि ३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिएको छ । गत साउनको अन्तिममा आएको वाढिले ६ सय ९० हेक्टर जग्गा कटान गरेको थियो । त्यस्तै, डुवानले १५३६ हेक्टर क्षति पुराएको थियो भने १ हजार ५ सय ४४ हेक्टर रोपेको धानमा बालुवाले पुरेको थियो । डुवानले धानवालीमा ५० प्रतिशत फल लाग्ने पुनले वताए । करिव १ हजार ५ सय हेक्टरको धानको प्रतिफल नआएपनि ३५ हजार हेक्टरमा रोपिएको धानको नतिजा आउने उनले बताए । फोटो ः खगेन्द्र

तपाईको प्रतिक्रिया