एजेन्सी । १ डिसेम्बरमा रिलिज हुने तयारीमा रहेको संजयलिला भन्सालीले निर्देशन गरेको फिल्म पद्मावती चर्चित नायिका दीपिका पादुकोणको नयाँ भूमिकाका कारण चर्चामा छ ।

कतिपयले यो फिल्म रिलिज अघि नै हिट भएको विष्लेषण गरिरहेका बेला निर्देशक भन्सालीले भने फिल्म वास्तविक धरातलमा रहेर बनेकाले यसले पाउने चर्चा सामान्य भएको बताए ।

जसमा दीपिकाले मात्रै रानी पद्यिनी बन्नका लागि ११ करोड लिएको बताइएको छ । फिल्ममा दीपिकासँगै शाहिद कपुर र रणबीर सिंहको समेत अभिनय रहेको छ ।

फिल्ममा दीपिका रानी पद्यिनीको भूमिकाकालाई घण्टौं लगाएर तयार हुने गर्थिन् । साथै उनलाई कमभन्दा पनि कम मेकअप गरिने गरिन्थ्यो । अहिलेसम्म दीपिकाका जुन जुन लूक बाहिरिएका छन्, ती सबैलाई दर्शकले रुचाएका छन् ।

तपाईको प्रतिक्रिया