एजेन्सी । बलिउड चर्चित नायक सलमान खान र रोमानियाली सुन्दरी मोडल लूलिया वन्तुरबिचको प्रेममा फेरी कट्रिना कैफको इन्ट्रि भएको छ । निकै कम फिल्ममा अभिनय गर्ने यि चर्चित स्टार जहिलेपनि आफ्नो प्रेम प्रसंगलाई लिएर चर्चामा रहन्छन्।

कहिले प्रेमीका त त कहिले पूर्व प्रेमीकाका कारण चर्चामा रहिरने सलमान यतिबेला भने उनीसँग केहीवर्ष पहिले ब्रेकअप गरेकी सुन्दरी नायिका कट्रिनाका कारण फेरी एक पटक चर्चामा छन् ।

सलमान र लूलिया वंतूरले डेट गरिरहेको समयमा पूर्व प्रेमिका कट्रिना कैफको सामिप्यता पाएपछि सलमानले लूलियालाई सधैंको लागि छाडिदिएका छन्। लूलियाको भारतको भिसा सकिएको र उनी रोमानिया फर्किसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया