एजेन्सी -रसीयाले अमेरीका लगायत पुरै बिश्वलाई नै सनसनी मचाउने गरी खतरनाक न्यूक्लियर मिसाईल परीक्षण गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार यो मिसाईलको गती प्रति सेकेण्ड ७ कि मि र १० हजार कि मि सम्मको दुरी पार गर्न सक्ने साथै यसले एकपटकमा फ्रान्स जत्रो देश बराबर ध्वस्त पार्न सक्ने बताइएको छ ।

आणबीक अस्त्रको अगाडी अमेरीकाको एन्टी मिसाईल सिस्टम फेल हुने तथा र दाबी अनुसार यो हाल सम्मकै शक्तीशाली मिसाईल भएको तथा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको एटम बम सानो खेलौना मात्र भएको बताइएको छ ।यस १०० टन बढीको ब्यालेस्टीक मिसाइललाई रूसमा आरएस २८ SARMAT दिईएको बताइएको छ ।

तपाईको प्रतिक्रिया