एजेन्सी । कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको झगडाका कारण कपिलको शो मात्रै प्रभावित भएन कपिल र सुनिलको यात्रा नै बदलियो । ८ महिना पुरानो घटना सम्झिदै कपिलले आँफुले अभिनय गरेको बहुप्रतिक्षित फिल्म ‘फिरंगी’ को ट्रेलर लञ्चको कार्यक्रममा रहस्य खोल्दै भने हाम्रो झगडाका विषयमा जे जति चर्चा गरियो त्यसको ९० प्रतिशत समाचार गलत थिए । उनले भने सुनिल र मबिच झगडा नै भएको होइन ।

हाम्रो सामान्य ठाकठूक हुनुअघि अष्ट्रेलियामा जब कार्यक्रम सुरु हुन लागेको थियो तब कार्यक्रमका दुई कलाकार एक आपसमा झगडा गरिरहेका थिए । उक्त झगडामा एक उनका साथी चन्दन थिए र अर्को भने महिला थिइन् । कार्यक्रम सुरु हुन लागेको थियो र पूरा कार्यक्रम उनको नामबाट ‘द कपिल शर्मा शो’ भएकाले उनलाई थप चिन्ता भएको उनले बताए ।कपिल भन्छन्, ‘पूरा जिम्मेवारी ममाथि थपिएको थियो ।

यस्तोमा उनीहरुको झगडा देखेर मलाई थप तनाव भयो । झगडा गर्ने महिला रुँदै म भएठाउँ आएपछि मेरो रिसको पारो झन् माथि पुग्यो त्यसकारण मैले चन्दनलाई धेरै नै गाली गरें र पिटें पनि । बदलामा चन्दनले पनि मलाई दुई चार थप्पड लगाए । यसअगाडी एउटा फिल्ममा नायकका रुपमा काम गरिसकेका कसिपलले दोस्रो फिल्मबाट भने विशेष आशा गरेका छन् ।

तपाईको प्रतिक्रिया