एजेन्सी । सन् २००८ मा आमिर खानको फिल्म खेलेर चर्चामा आएकी बलिउडकी चर्चित नायिका असिनले छोरीलाई जन्म दिएकी छिन् । मंगलबार कोच्चीको अस्पतालमा छोरीलाई जन्म दिएपछि र उनका पति राहुल शर्मा निकै खुशी देखिन्थे । सन् २०१६ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग विवाह गरेकी असिनले आँफु गर्भवती भएको कुरा अहिलेसम्म लुकाएर राखेकी थिइन् ।

असिन र राहुल शर्माका साथी अक्षय कुमारले अस्पताल पुगेर दुबैलाई चकित मात्रै तुल्याएनन् असिनले छोरीलाई जन्म दिएको कुरा बाहिर समेत ल्याइदिए । असिन र राहुलले छोरी जन्मेको एक खुसीमा स्टेटमेन्ट जारी गर्दै भने, ‘हाम्रो घरमा एक परीको आगमन भएकाले हामी निकै खुसी छौं ।

पछिल्लो ९ महिना हाम्रो लागि सबैभन्दा विशेष र रोमाञ्चक पल रह्यो र हामीलाई प्रेम र समर्थन गर्ने आफ्ना सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छौं ।’

तपाईको प्रतिक्रिया