एजेन्सी । नवाजुद्दीन सिद्दिकीको नाम आउँदा साथ उनले अभिनय गरेका फिल्महरु बजरंगी भाइजान’, ‘गैंग्स अफ वासेपुर’, ‘द लन्चबकस’ को नाम पहिलो पंतिमा आउँछ । उनै नवाजुद्दीनको आज ‘एन अर्डिनरी लाइफ’ नामक बायोग्राफी सार्वजनिक हुन लागेको छ । अंग्रेजी वेबसाइट मिल डेले आफ्नो एक लेखमा नवाजुद्दीन र नायिका निहारिका सिंहका बारेमा सनसनी खेज खुलासा गरेको छ। कसैसाग पनि निकै कम बोल्ने नायिका निहारिकासँग एक फिल्मको सेटबाट नवाजको गहिरो दोस्ती सुरु भएको थियो । एकदिन निहारिका बिरामी परेको मौका छोपी उनले आँफुले बनाएको मटन खाना खानका लागी घरमा बोलाएपछि निहारिकाले उनको निम्तालाई ग्रहण गर्दै पुगीन् । यो प्रसंग हो नवाजुद्दीन र निहारिकाले फिल्म ‘मिस लवली’ ९२०१२० मा सँगै काम गर्दाको । नवाजले खाना खुवाएपछि अब पालो आयो निहारिकाको । निहारिकाले पनि उनीसँग नजिकिन बाहाना खोजिरहेकी थिइन् ।

नवाजको खाना खाएर प्रशंसा समेत गरेकी निहारिकाले फेरी नवाजलाई खाना खान उनको घरमा बोलाइन् । नवाज खाना खान निहारिकाको घर पुगे। उनको तयारी देखेर नवाज छक्क परेँ। भन्छन् मसँग उनको प्रशंसा गर्न शब्द थिएन। मोमबक्तिले सजाइएको घरमा रमाएर उनीहरुले खाना खाए । खाना खाए लगत्तै उनीहरु बेडरुममा गएको र योन सम्बन्ध कायम गरेको कुरा ‘एन अर्डिनरी लाइफ’मा उल्लेख छ । डेढवर्षसम्म उनीहरुको यो सम्बन्ध कायम भयो । त्यसपछि निहारिका न्युयोर्क गइन् ।

तपाईको प्रतिक्रिया