मोरङ। नेपाल कृषि प्रधान देश हो। यतिखेर धान भित्र्याउने चटारोले किसान धानको खलोमा व्यस्त छन् । मोरङमा यस बर्षको वर्षे धान काट्न किसानलाई चटारो सुरु भएको छ । तिहार सकीए संगै किसानलाई यतिखेर धान काट्ने चटारो परेको छ । अहिले जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानैदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् । जिल्लाका केही स्थानमा किसानले दसैंै अगाडि धान काट्न सुरु गरे पनि अहिले भने जिल्लाका प्रायः सबै ठाउँमा धान काट्न थालेका छन् ।

धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा परिचित मोरङ्लामा कार्तिक लागेसँगै यहाँ किसानहरुलाई धान काट्ने चटारोमा व्यस्त देखिन् छन्। यति वेला मोरङको दुलारी , गछिया , सलकपुर , बेलबारी लगायतकान ठाउँ लटरम्म झुलेका घान काट्न यहाँ व्यस्त बनेको सलकपुरका किसान प्रजल पोखेरलले बताए । धान काट्ने चटारोमा किसान खेतीहरुमा तराईवासी युवाहरु बढी देख्न सकिन्छ ।

धान काट्ने काम तराईवासीले गरेपनि धान झार्नेकाम भने आधुनिक थ्रेसरबाट गरिरहेका छन् । मोरङमा ७८ देखि ८२ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि बढ्दो सहरिकरणका कारण खेतीयोग्य जमीन प्लटिङ गरेर घडेरीमा बिक्री गर्नु र केही आकासेखेतीका भरमा खेती हुने ठाउँमा पानी नभएका कारण धानखेती गर्न नसक्दा कम क्षेत्रफल जग्गामा धानखेती गरिएको हो ।

यस बर्ष धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । यस बर्ष धेरै स्थानमा सिचाई पहुँच, समय पानी पर्नु, मल समयमा उपलब्ध हुनु, रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया