काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘कोहलपुर’ एक्सप्रेसको सोमबार राजधानीमा औपचारिक घोषणा गरियो । म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्ममा केकीका साथमा ऋचा शर्मा, प्रियंका कार्की, बुद्धि तामाङ, विनोद न्यौपाने, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्दै छन् । फिल्म निर्माण सुरु गरेकोमा आफू निकै उत्साहित भएको केकीले बताइन् । उनले भनिन्, ‘यतिका वर्षदेखिको अभिनयको अनुभवले मलाई निर्माता बनाएको छ । अध्यधिक राम्रो फिल्म बनाउन हाम्रो टिमले भरपूर मिहिनेत गरेका छौँ ।’

केकीको प्रस्तुति रहेको फिल्मको निर्मातामा भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिवप्रसाद चौलागाईं छन् । जुनकिरी आट्र्सको ब्यानरमा बन्ने फिल्मको सुटिङ कात्तिक दोस्रो साताबाट सुरु हुनेछ । कार्यक्रममा अभिनेत्री प्रियंकाले अभिनयमाझैँ निर्माणमा पनि केकी सफल हुनेमा विश्वास व्यक्त गरिन् । नवनिर्देशक विशालले राम्रो फिल्म बनाउन कोसिस गर्ने बताए । नयाँ पत्रिकाले छापेको छ ।

अधिकांश दृश्य बाँके जिल्लाको कोहलपुरआसपासमा खिचिने फिल्ममा राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत छ । अर्जुन तिवारीले खिच्ने फिल्मको स्क्रिप्ट शान बस्न्यातले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया