राजेश हमाल भन्छन् ‘१७ वर्षको उमेरमा २२ वर्षकी युवतीसँग प्रेम बस्यो ’

मैले कक्षा चारसम्म नयाँदिल्लीमा र कक्षा पाँचदेखि नौसम्म रुसमा अध्ययन गरेँ । तर, एसएलसी भने नेपालबाटै दिएँ । ०३८ मा मैले १६ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेको हुँ । द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । यसरी मेरोे स्कुलेजीवन तीनवटा देशमा बित्यो । मेरो बुवाको जागिरका कारणले गर्दा उहाँ जहाँ जानुभयो त्यहीँ गएर अध्ययन गर्नुपर्ने मेरो बाध्यता पनि थियो ।

कलेज जान थालेपछि जीवन बुझ्ने अवसर पाएँ यसरी एसएलसी परीक्षा उत्तीर्ण भएपछि म ०३९ मा भारतको चन्डीगढस्थित डिएभी कलेजमा आइए अध्ययनका लागि भर्ना भएँ । त्यहाँ अर्थशास्त्र, राजनीतिशास्त्र र अंग्रेजी विषयमा अध्ययन गरेँ । यसरी कलेज जान थालेपछि पहिलोपटक परिवारसँग छुट्टिएको थिएँ । सुरुसुरुमा बानी लगाउनका लागि अलि गाह्रो भयो, तर बिस्तारै रमाइलो लाग्दै गयो । विभिन्न देशका विद्यार्थीसँग चिनजान पनि हुन थाल्यो । यसरी कलेजमा अध्ययन गर्न सुरु गरेपछि मैले वास्तविक जीवन बुझ्ने मौका पाएँ । हामीलाई स्कुल पढ्दासम्म घरपरिवार, विद्यालय सबैले नियन्त्रणमा राख्न खोज्थे, तर कलेज जान थालिसकेपछि एक किसिमको स्वतन्त्रताको अनुभूति हुँदोरहेछ । जसले गर्दा जीवनका विभिन्न क्षणको अनुभव हुँदै जाँदोरहेछ ।

चलचित्रमा लाग्छु भन्ने सोचेको थिइनँ कलेज पढ्दा अलि चञ्चले स्वभावको थिएँ । मलाई पढाइका साथै अन्य कुरामा पनि रुचि थियो । कलेजमा अध्ययन गर्ने पुस्तकबाहेक अरू पुस्तक पनि पढ्थेँ । अर्को कुरा, कलेज लाइफ भनेको जीवनलाई कुन दिशातर्फ लैजाने भन्ने कुराको तय गर्ने समय रहेछ । तर, मैले कलेज पढ्दा कुन क्षेत्रमा जान्छु भन्ने यकिन गरिसकेको थिइनँ । मलाई अलिअलि कलाकारिता अभिनयतर्फ रुचिचाहिँ थियो । तर, घरपरिवारमा व्यक्त गरिसकेको थिइनँ । त्यसवेलामा चलचित्रका सामग्री पनि हेर्थेँ । चलचित्र क्षेत्रमा नै लाग्छु भन्नेचाहिँ सोचेको थिइनँ । आकर्षण भने थियो ।

कलेज पढ्दा अन्योल र द्विविधा कलेज अध्ययन गर्दैगर्दा म द्विविधा र अन्योलमा थिएँ । किनभने म भित्रभित्रै चलचित्रप्रति आकर्षित हुँदै गएको थिएँ । तर, खुलेआम रूपमै आफ्नो अभिभावकसँग छलफल गर्न सकिरहेको थिइनँ । त्यसकारण मेरो पढाइ र परिवारको इच्छाले कताकता मेल खाइरहेको थिएन ।

जुनवेला म १७ वर्षको थिएँ । तर, उनी २२ वर्षकी थिइन् । उनलाई म मन परेछ । उनी आफैँ आएर मसँग परिचय गरिन् । यसरी केही समयसम्म हामी साथीको रूपमा रह्यौँ । साथीको रूपमा रहेपछि बिस्तारै हामीले आपसमा समय बिताउन थाल्यौँ । यसैक्रममा उनले मलाई प्रेम प्रस्ताव राखिन् । परिवारको इन्जिनियर बनाउने धोको मेरो परिवारले मलाई इन्जिनियर बनाउन लागेको थियो । म चन्डीगढमा जाँदा पनि पहिला प्रि–इन्जिनियरिङ कोर्स गरेको थिएँ । त्यो अभिभावकको इच्छा थियो । तर, मलाई यो विषयमा त्यति धेरै रुचि थिएन । त्यसपछि मैले अर्थशास्त्र र राजनीतिशास्त्र विषयमा अध्ययन सुरु गरेको थिएँ । मेरो रुचि कला क्षेत्रमा थियो । त्यसैले यसैलाई अघि बढाउने मनसाय बनाएको थिएँ, तर परिवारसमक्ष भन्ने आँट गरेको थिइनँ ।

स्नातक सकेपछि मात्र बुवासँगको संवाद यसरी इन्जिनियरिङमा अध्ययन नगरेपछि मैले राजनीतिशास्त्र, अर्थशास्त्र र अंग्रेजी विषयमा स्नातक तह उत्तीर्ण गरेँ । त्यसवेलामा मलाई फेसनको अफर पनि आयो । मेरो बुवा परराष्ट्र मन्त्रालयमा काम गर्नुहुन्थ्यो । उहाँ पनि संयोगवश दिल्ली दूतावासमा सरुवा हुनुभयो । त्यो फेसनसम्बन्धी अफर आएपछि मैले त्यहाँ आफ्नो अभिभावकसँग संवाद गर्ने मौका पाएको थिएँ । यसको साथै मलाई मोडलिङको अफर पनि आयो र मोडलिङमा लान चाहने मानिसले अभिभावकसँग कुरा गर्नुपर्छ भनेपछि उहाँले बुवासँग कुरा गर्नुभयो । बुवा पनि अचम्ममा पर्नुभयो । त्यसपछि मैले मोडलिङको ट्रेनिङ गरेँ ।

पैसाको समस्या कहिल्यै भएन विद्यार्थी जीवनमा धेरैजसो विद्यार्थीलाई पैसाको अभाव हुन्छ, तर मलाई कलेज पढ्दा पैसाको अभाव भएन । जसले गर्दा म अरू साथीहरूभन्दा आफूलाई लक्की ठान्छु । म पहिल्यैदेखि आफ्नो प्राइभेसी रुचाउने हुनाले विद्यार्थीकालमा म छुट्टै बस्थेँ । कहिल्यै पनि साथीहरूसँग बसिनँ । मलाई मामाघरको हजुरआमाले नियमित रूपमा पकेट खर्च पठाइदिनुहुन्थ्यो । जसले गर्दा पैसाको समस्या भएन ।

राजनीतिमा चासो थियो म विद्यार्थी जीवनमा देशविदेशको राजनीतिबारे चासो राख्थेँ । तर, मैले प्रत्यक्ष रूपमा राजनीति भने गरिनँ । म चन्डीगढमा अध्ययन गर्दा पनि अखिल नेपाल भारत विद्यार्थी संघ स्थापना भएको थियो । त्यहाँ त्यसका विद्यार्थी नेता पनि आउँथे । उनीहरूका कुरा ध्यानपूर्वक सुन्थेँ । तर, प्रत्यक्ष रूपमा राजनीतिमा भने कहिल्यै पनि संलग्न भइनँ ।

१७ वर्षमै २२ वर्षकी युवतीसँग प्रेम कलेजमा अध्ययन गर्दै गर्दा अरूले जे गर्‍यो त्यही गर्ने बानी थिएन । तर, आफूले जे गरेँ अरूलाई त्यही गर्न लगाउने मेरो स्वभाव थियो । यसको मतलब म आफ्नो नियम आफैँ निर्धारण गर्थेँ । यहीक्रममा कलेजमा अध्ययन गर्दैगर्दा मेरो भेट एमए पढ्ने भारतीय युवतीसँग हुन पुग्यो । त्यो वेलामा भर्खरै प्रि–इन्जिनियरिङको क्लास लिँदै थिएँ । जुनवेला म १७ वर्षको थिएँ । तर, उनी २२ वर्षकी थिइन् । उनलाई म मन परेछ । उनी आफैँ आएर मसँग परिचय गरिन् । यसरी केही समयसम्म हामी साथीका रूपमा रह्यौँ । साथीका रूपमा रहेपछि बिस्तारै हामीले आपसमा समय बिताउन थाल्यौँ । यसैक्रममा उनले मलाई प्रेम प्रस्ताव राखिन् । त्यसले गर्दा दुवैजनाको पहिलो वर्षको पढाइ खस्कियो । किनभने हामी क्याम्पस आए पनि पढाइप्रति त्यति धेरै ध्यान जाँदैनथ्यो । उनी मास्टर अध्ययन गर्दै थिइन् जसले गर्दा केही समयपछि उनको पढाइ सकियो । जो–कोहीले पनि प्रेमलाई अन्तिम टुंगोमा पुर्‍याउने उपाय भने विवाह नै हो । तर, त्यो परिस्थितिमा म विवाह गर्ने मनसायमा नहुँदा प्रेमसम्बन्ध टुट्यो । नयाँ पत्रिकाले छापेको छ ।

कलेज पढ्दा ग्याङसँग सिंगल फाइट कलेजमा अध्ययन गर्दा मेरो प्रायः फाइट परिरहन्थ्यो । तर, मैले ग्याङफाइट भने गरिनँ । ग्याङसँग चाहिँ फाइट गरेको छु । त्यसवेला पनि म चलचित्रकैजस्तो फाइट गर्थेँ । तर, आफूले चाहिँ कहिल्यै पनि निहुँ खोज्दिनँथेँ । तर, कसैले अन्याय र अत्याचार गर्छ भने सहेरचाहिँ बस्दिनँथेँ । विपक्षमा जतिजना भए पनि भिड्थेँ । एक दिन रेस्टुरेन्टमा भएको झगडामा त्यहाँको सबै टेबुल भाँचिएका थिए ।

तपाईको प्रतिक्रिया