ताजा खबर :- फेसबुकले गर्दैछ ठूलो परिवर्तन,टाइमलाइनमा अब पढ्न पाउनुहुनेछैन समाचार , फेसबुक अब अलि -अलि गर्दै फाइदा तर्फ बढिरहेको छ उसो त पहिलेबाटै फाइदमा भने नभएको होइन अब झन फेसबुकले आफ्नो कमाई गर्न नयाँ नयाँ बाटो निकाली रहेको छ  ।फेसबुकले हालै मात्र श्रीलंका,बोलिभिया , सोलोभाकिया ,सर्विया ,ग्वाटेमाला र कम्बोडिया यी ६ वटा देशमा नयाँ फिचरको टेस्टिंग गरेको छ उक्त टेस्टिंग सफल भयो भने तपाईको टाइमलाइनमा मात्र तपाईको साथीहरुको पोस्ट र विज्ञापन देखिनेछ । त्यहाँ यदि तपाईले लाईक गरेका पेजका न्यूज या फीड देख्न चाहनुहुन्छ भने यसको लागि तपाईले फेसबुकको Explore Feed भन्ने ठाउँमा जानुपर्नेछ । फेसबुकका अनुसार संसारभरी यो फिचर कहिले बाट शुरु हुन्छ जानकारी खुलाइएको छैन् ।

के पब्लिशर्सले फेसबुकलाई पैसा देलान् ?

फेसबुकको अब आउने यो फिचरबाट सबै भन्दा धेरै घाटा मिडिया हाउस र  पब्लिशर्सलाई हुनेछ । यदि आफ्नो आर्टिकललाई फेसबुक यूजर्सको टाइमलाइनमा देखाउन लागि पब्लिशर्सले फेसबुकलाई पैसा दिनुपर्नेछ अनि मात्र फेसबुकले उक्त न्यूज या आर्टिकललाई विज्ञापनको रुपमा फेसबुक यूजर्सको टाइमलाइनमा देखाउनेछ ।

तपाईको प्रतिक्रिया