काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्।

सोमबार झापा पुगेका उनले नेता-कार्यकर्तासँग भने- मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ। तर म झापा-३ बाटै चुनाव लड्छु।’

कार्यकर्ताले समानुपातिकमा जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन्।

एमाले र माओवादी केन्द्रले वामगठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ। त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता समेत परेका छन्। गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छाड्न कांग्रेस तयार भएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया