काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई पक्राउ गरेको छ । घुस लिइरहेको सूचनाको आधारमा बाँकेबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण नोलाइट शाखा खजुरामा कार्यरत प्राविधिक जयराम न्यौपानेलाई मंगलवार पक्राउ गरेको हो ।

न्यौपानेले सेवाग्राहीबाट ९ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरिएको निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए । घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया