काठमाडौँ । उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ।

मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

“उत्तर पश्चिमी वायु भारतको जम्बुकास्मिरबाट हिमाली क्षेत्र हुँदै आएको छ अर्कोतर्फ रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको हो”– उनले भने।

चिसो बढेसँगै काठमाडौँमा एक्कासी तापक्रम घटेको छ। सोमबार १५।५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम घटेर मंगलबार ११।४ डिग्रीमा पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम ११ र अधिकतम २६ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा कम जोमसोममा चार र सबैभन्दा बढी जनकपुरमा २१ डिग्री सेल्सियस रहेको छ।

तपाईको प्रतिक्रिया