क्यूवामा एउटा अचम्मको चलन छ । जहाँ ज्यूँदै मानिसलाई टन्न रक्सी पिलाएपछि उसलाई खाडल खनेर गाड्ने गरिन्छ । तपाईं अचम्ममा पर्नुभयो होला । तर यो सत्य हो । क्यूबामा बुजी अर्थात् रक्सी पर्वको नामले प्रचलित यो परम्परामा मानिसलाई काठको बाकसमा बन्द गरेर खाडलमा पुरिन्छ । टन्न रक्सी पिएको मानिसलाई बाकसमा हालि सडकमा घुमाइन्छ र उसको पछाडी हजारौँ मानिस भेला भई खाडलमा पुर्ने गर्छन् । वास्तवमा उनीहरुले काठको बाकसमा रहेको मानिसलाई मरेको ठान्छन् र एकजना सेतो कपाल भएकी वृद्धालाई त्यस व्यक्तिको विधवाको अभिनय गर्न लगाईन्छ । खाडलभित्र राखेको मानिसको मुख भने पुरिएको हुँदैन । बाकसबाट मुखमात्र देखाईएको हुन्छ । बाकसभित्र थुनिएको मानिसको मुखमा रक्सीको धारा नै लगाइन्छ । – एजेन्सी

तपाईको प्रतिक्रिया