diya chand
दिया चन्द


ताजा खबर नेपालगंज । निर्मलले यतिका बर्षपछि मलाई खोज्दै आएको त्यो म्यासेजले म खुशी मात्र भइन, लाहुरेको प्रतिकार गर्ने हौसला पनि थपियो। एता विजय (लाहुरे)को ज्याजदी असह्य हुँदै गयो, उता निर्मलले म्यासेजमा भनेको कुराले.

विजयको क्रुरताले सिङ्गो लाहुरेजातीको चरित्र चित्रण गरिरहेको जस्तो लाग्यो । सबै लाहुरेहरु यस्तै हुँदा हुन् ।

यो संसारका हरेक लाहुरेहरुका जीवनसंगीनिहरु सुहागरातको रातदेखि बलात्कृत हुन सुरु हुदा रहेछन् र प्रत्येक रात यसरी नै लुटिदा रहेछन्, फरक यति हो कोहि करले त कोहि डरले ।

एउटा महिलाले लाहुरेलाई रहरले ज्यान सुम्पनु भनेको जानीजानी आफ्नो अस्मिताको चिर – हरण गर्नुजस्तै रहेछ ।

आज जेसुकै होस् यो लाहुरेको सिकार हुन सक्दिनौ तिमी, बरु ज्यान फाल मन्जरी, यो दरिद्रलाई आफ्नो अस्मिता नसुम्प । मभित्रको नारीशक्तिले मलाई घच घच्याउन थाल्यो ।

रक्सिको नशामा बिजयको पुरुषार्थ घमण्ड बनेर मडारिदै गयो । महिलाहरुलाई कपाल पाल्न किन लगाइयो तलाइ थाहा छ ? अनि यस्तो खुला सारी , पेटिकोटजस्तो कपडा र गर गहनाहरु किन पहिरन लगाइयो थाहा छ ? उसले आफै प्रश्नको उत्तर पनि सुनायो, किनकि यस्तै बेलामा तजस्ता महिलाहरुलाई सजिलै उपभोग गर्न सकियोस् भनेर ! बुझिस ।

उसका यी शब्दहरुले सम्पुर्ण नारी जातिको उपहास नगरेको भनेर म कसरी बुझौं । उ तछार – मछारको सैलीमा जाइलाग्न आयो । म थरथरी काप्दै थिए, उसको राक्षसरूपी व्यवहार सहन नसकेर। यतिक्कैमा फोनको घण्टी बज्यो । मेरो हातमा थियो मोबाईल, फोन उठाएर हेल्लो भन्न नपाउदै विजयले खोसेर लग्यो ।

तेरो अर्कै बुढा छ हैन उसैको फोन होला पख, म कुरा गर्छु । उसले फोन उठायो । रक्सिले मात्तिएको लाहुरेको हातबाट खस्यो मोबाइल, भुइँमा बजारिएर ३ टुक्रा हुँदा मुटु नरम्ररी दुख्यो, सायद त्यो कल निर्मलको थियो ।

कुनै सीप नलागेपछि अब विजयबाट बच्न मेरो सामु २ वटा बिकल्प मात्र रहे । कि त चिच्याएर घरका अन्य सदस्यलाई बोलाउनु र बिहेकै दिन अलक्षिना,नकचरी बुहारी सबित हुनु। कि त उसको हत्या गरेर फरार हुनु । मलाई पहिलो बिकल्प स्वीकार भएन, दोश्रो विकल्प निक्कै जोखिमपूर्ण थियो ।

विजयको कुरा स्वीकार गरेको जस्तो नाटक गर्नुको अर्को उत्तम उपाय भेटिन । झगडा होइन अब सहमतिको बाटोबाट जांउ विजय ? मैले नै प्रस्ताव गरे ।

मानौं उसले मलाई कुनै पसलबाट किनेर ल्याएको उपभोग्य बस्तुलाई व्यबहार गरेनजस्तै भन्यो, त्यसो भए आउ न त बेडमा किन किचकिच ? आउ मेरो इच्छा पूरा गर ।

तिम्रा अङ्ग – अङ्ग मेरा सिकार हुन, मलाई देउ । आखिर तिम्रो पनि त इच्छा होला नी यो सुनसान रातमा मजस्तो ईन्डियन लाहुरेसंग

मैले सजिलोसँग मान्नुपर्ने तिमीसंग अलि आवेगमा आएर मैले गल्ती गरे । मलाई माफ गर विजय , नाममात्रको भएपनी आखिर तिमी मेरो श्रीमान हौ ।

तिमी लुगा फुकाल्दै गर , म बत्ती निभाएर आउछु । मेरो यो कुरा सुनेर उ एकछिन अक्क न बक्क भयो अनि भन्यो, हो बल्ल कुरो बुझ्यौ मन्जरी । आउ आउ बत्ति निभाउनु पर्दैन ।

हैन मलाई अप्ठ्यारो लाग्छ बरु मैनबत्ति बाल तिमिलाई उज्यालो नै चाहिने भए । तिमीलाई खुशी बनाउनु मेरो कर्तव्य र जिम्मेवारी दुबै हो, मैले बुझिसके । उसको मनमा मप्रती कुनै संका नहोस भन्ने चाहिरहेको थिए म ।

सिरानिको पल्लो छेउ नजिकैको सानो टेबुलको र्याकबाट एउता हरियो रङ्गको मैनबत्ति र सलाईको बट्टा झिक्दै थियो , त्यतिन्जेल मैले उसकै कोठामा सजाएर राखिएको सिरुपाते खुकुरी झिकेर सिरानीमुनि राखिसकेको थिए ।

उसले सलाई कोर्यो, मैले बत्ति निभाए । टेबुलमा राखेको हरियो मैनबत्ति जलाउदै विजयले भन्यो,एउटा कुरा सोधु ? निर्धक्क सोधेहुन्छ मैले ढुक्क भएर जवफ दिए । तिमी आफ्नो प्रेमिसङ्ग कति पटक शारीरिक सम्बन्ध रखेकी छ्यौ ?

उसको त कसिलो चुम्बन र अंगालोसम्म पनि पाउन सकिन, उसको र मेरो सम्बन्ध शारीरिक रूपमा होइन, भवनात्मक र मानसिक रूपमा प्रगाढ थियो, उ तिमीजस्तो दानव थिएन,साचिक्कै दयालु र अति प्रिय थियो ।

एउटा पुरुषसंगको शारीरिक सम्बन्ध सुखद हुन्छ या दु:खद मलाई त्यसको अनुभव नै छैन, यहि कुरा भन्न मन थियो तर भनिन उसलाई ।

भने – एक पटक मात्र होइन पटकपटक भएको छ , तर किन ? लथालिङ्ग खाटमा पल्टिदै उसले भन्यो साला पहिले नै चान्स पाएछ, मेरो सिकार जुठो पारिदिएछ ।

अरु थुप्रै तुच्छ गाली गर्यो उसले निर्मललाई । मलाई सार्है नै असह्य भयो, सिरानि मुनिबाट खुकुरी झिकेर सर्लक्कै दाप ताने, पहिलोचोट उसको गर्धनमा लाग्यो तर टाउको अगल भएन । उ छट्पटीदै थियो, अर्को चोटले उसको बकबक गर्ने थुनुनो भएको टाउको र महिलालाई आफ्नो यौन प्यास मेट्ने भाडो बनाउने शरीर अलगअलग भयो ।

हो लाहुरेको हत्या गरे मैले ! मात्र उसको पर्स लिएर म निर्मलकहाँ पुगे । उनलाई सबै वृतान्त सुनाएपछि उनलेे विजयको त्यो पर्स हेरे जसमा २ हजार पैसा, केही निकोनका चक्की र ७ जना महिलाहरुको पासपोर्ट साइजका तस्वीरहरु थिए ।

जसमध्ये ६ जनाको अनुहार केरिएको अवस्थामा थियो जसमध्ये एउटा निर्मलको फुपूको तस्वीर पनि थियो । निर्मलले आफ्नो फुपूको तस्वीर निकालेर पर्स जलाइदिए । उनले भाबुक हुँदै अर्को पिडा पोखे, उनकी फुपू समेत विजयको घृणित कार्यको सिकार भएर सुसाइड गर्न पुगेकी रहेछिन । सायद नी ६ अन्य जसको तस्वीर त्यहाँ थियो उनीहरुको पनि अवस्था निर्मलकी फुपूको जस्तै भएको हुनुपर्छ, मलाई बुझ्न् गार्हो परेन । मैले विजयलाई उसले गरेका हजारौं गल्तिको सजाय दिए सायद । यस्तो सजाय उसलाई कानुनले दिनुपर्थ्यो तर उसले त कानुनको रखवाला बनेर उसकै धज्जी उडाउदै गएको तितो सत्य अन्धो कानुनले कसरी देख्न सक्थ्यो र ?

मजस्तै नारीहरु जसको अस्मितामाथी उसले सजिलै खेल्यो उनिहरुको आत्माले शान्ति पाओस म कामना गर्न चाहान्छु ।

त्यो डायरीभित्र हराएर अर्कै दुनियाँमा पुगेको म अचानक निन्द्राबाट ब्युझिएजस्तै गरि झस्किए । घडी हेर्दा बिहानको ३ बजेको रहेछ । बिहानको चियासंगै मुवालाई सोधे । मन्जरी को हुन् मुवा ?

तिम्रो सानिमा हुन्, मेरो कुनै दिदीबहिनी नभएकोले उनलाई बहिनी मानेर ल्याएको थिए । मेरो बिहे भएपछि उनी मसंगै आइन् । केही समयसम्म बसिन पनि तर पछि मुवा बुवाले बिहे गरेर पठाइदिएका थिए र म उनको बिहेमा जान पाइन् । त्यसपछि उनी कहिले फर्केर आइनन ।

उनी फर्केर नआएको आमाको कुराले उनी उनको निर्मललाई लिएर कतै टाढा गएको पुष्ठि हुन्सक्छ । तर उहाँ त मेरो सानीमा पो हुनुहुदो रहेछ । उहाँलाई भेट्ने रहर पलायो । उनको खोजीमा म कसरी निस्किउ ? प्रश्नले मनमा कौतुहलता जागिरह्यो ।

भाग १ छुटेकोले पढ्नुहोस  

भाग २ छुटेकोले पढ्नुहोस 

तपाईको प्रतिक्रिया