एलिसा लोप्चा ब्युटिसियन छाला चिल्लो भएकोमा कतिपयको ठूलो गुनासो हुन्छ । छालामा बढी चिल्लोपन हुनाले चिपचिप बढी भयो, फोहोर टालिन्छ, डन्डिफोर आउँछ, पटक–पटक अनुहार धोइरहनुपर्छ भन्नेजस्ता गुनासा गर्छन् । तर, ब्युटिसियनहरू चिल्लो छाला हुँदैमा निरास नहुन सुझाब दिन्छन् । केही न केही समस्या चिल्लो र फुस्रो दुवै छालामा हुन्छ नै, तर तुलनात्मक रूपमा चिल्लो छाला हुनुका फाइदा बढी छन् । ब्युटिसियन एलिसा लेप्चाले चिल्लो छालाका फाइदाबारे बताएकी छिन्ः फुस्रो अनुहारमा मेकअप गर्नु छालाको दीर्घकालीन स्वास्थ्यका लागि राम्रो होइन । फुस्रो छालालाई पनि मेकअपअघि चिल्लो बनाउनु जरुरी हुन्छ ।

सुक्खा छालामा मेकअप गर्दा छालाका छिद्रसम्म मेकअप पुग्छन् र रिमुभ पनि राम्रोसँग नहुन सक्छ । यसले छालामा असर निम्त्याउ“छ । तर, चिल्लो अनुहार भएकाहरूको हकमा यो खतरा रहँदैन । चिल्लो छालामा मेकअप राम्रोस“ग सेट पनि हुन्छ । यस्तो छालामा मेकअप लामो समयसम्म उस्तै टिकिरहन्छ । रिमुभ गरेपछि पनि चिल्लो छालाका छिद्रमा मेकअप अड्किएर रहन पनि पाउँदैन । फुस्रो छाला भएकाहरूले अनुहार धोएपछि छालामा कुनै क्रिम नलगाई धरै हुँदैन । तर, चिल्लो छाला भएकाहरूको अनुहारमा धोएको केही बेरमै चिल्लोपन निस्किन थाल्छ । यसैले त चिल्लो छाला हुनेहरूको अनुहारको चमक कहिलै कम हुन पाउँदैन । अनुहारमा चमक ल्याउन कुनै क्रिम या मोस्चराइजर प्रयोग गर्नैपर्ने बाध्यता हुँदैन ।

चिल्लो छाला फुस्रो छालाको तुलनामा धेरै लचकदार हुन्छ । लचकदार छालामा चाउरी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले त चिल्लो छाला हुनेहरू फुस्रो छाला हुनेहरूको तुलनामा जवान देखिन्छन् । यस्तो छालामा निकै ढिलो चाउरी पर्छ । प्राकृतिक चिल्लोपन रहेसम्म अनुहार जवान देखिइरहन्छ ।  नयाँ पत्रिकाले छापेको छ ।

छालामा भएको तैलीय ग्रन्थिले भिटामिन ‘ई’ पैदा गर्छ । तैलीय ग्रन्थि बढी सक्रिय हुने व्यक्तिको छाला नै बढी चिल्लो हुन्छ । भिटामिन ‘ई’ पनि यही छालामा बढी पैदा हुन्छ । यसले छालालाई विभिन्न खतराबाट जोगाउँछ । घाम, वायु प्रदूषण र जाडो मौसमबाट छालाको रक्षा गर्छ ।

तपाईको प्रतिक्रिया