एजेन्सी । भारतीय चर्चित नायिका ऐश्वर्या राय बच्चनकी आमा बस्ने घरमा आगलागी भएको छ । अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय र क्रिकेटर सचिन तेन्दुलकरकी सासु समेत बस्ने बान्द्रास्थित लामेर भवनमा आगलागी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिनेत्री ऐश्वर्या रायकी आमा वृन्दा राय लामेर भवनको १२ औं तल्लामा बस्नदै आएकी थिइन् भने तेन्दुलकरकी सासु १३ औत् तलामा बस्थिन् ।

आगजनी भएपछि तत्काल भवनको तल्लो तल्लाबाट उनीहरु बाहिर निस्किएका थिए । आगलागीका विषयमा थप जानकारी आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया