प्यारासिटामोललाई सुरक्षित औषधी मानिन्छ तर बच्चालाई खुवाउने समय केही सावधानी अपनाउन अति आवश्यक हुन्छ । यदि यी विशेषगरी सावधानी अपनाउन नसकेमा वा यसको ओभर डोज सेवन गराउँदा बच्चामा नकारात्मक असर पर्छ । चिकित्सकका अनुसार, यस्ता ८ कुरा छन्, जुन बच्चालाई प्यारासिटामोल खुवाउँदा विशेष ध्यान राख्नुपर्दछ । १-यदि तपाई बिरामी हुँदा बच्चालाई प्यारासिटामोल खुवाउँदै हुनुहुन्छ भने १०mg/kg को हिसाबले दिनुहोस् । उदाहरण:- यदि बच्चाको वजन १० किलो छ भने उसलाई १०० mg प्यारासिटामोल खुवाउनु पर्दछ । २-यदि बच्चाको उमेर ३ महिना भन्दा कम छ भने उसलाई बिना चिकित्सकको सल्लाह प्यारासिटामोल खुवाउनु हुँदैन । ३-यदि बच्चाको शरीरको टेम्परेचर १०० डिग्री फेरेनहाइट भन्दा कम छ भने प्यारासिटामोल खुवाउनुहुँदैन । ४-यदि बच्चालाई पहिले देखि नै अन्य औषधी खुवाउँदै हुनुहुन्छ भने प्यारासिटामोलको डोज खुवाउनु हुँदैन । ५-यदि बच्चालाई प्यारासिटामोल खुवाईसकेपछि इरिटेशन हुन्छ भने उसलाई पेरासिटामोल खुवाउनु हुँदैन । ६-यदि बच्चालाई लिभर सम्बन्धि कुनै रोग छ भने चिकित्सकको सल्लाह लिएर मात्र प्यारासिटामोल खुवाउनुहोस् । ७-बच्चालाई ४ वा ५ घण्टा भन्दा पहिले पेरासिटामोलको डोज खुवाउनु हुँदैन । ८-यदि बच्चालाई प्यारासिटामोल खुवाईसकेपछि पनि स्वास्थ्यमा सुधार नभएमा चिकित्सकको सल्लाह अवश्य लिनुपर्दछ ।

तपाईको प्रतिक्रिया