काठमाडौँ । धनकुटा नगरपालिका–७ की १७ वर्षीया युवतीले बाहिरै आन्द्रा भएको बच्चालाई जन्म दिएकी छिन् । २ किलो ४ सय ग्राम तौल रहेको बच्चाको पहिले थोरै सानो आन्द्रा निस्किएको र बच्चा रुन थालेसंगै थप आन्द्राको भाग बाहिरिन थालेपछि आकस्मिक रुपमा राजधानी लैजाने सल्लाह दिएको धनकुटाको स्थानीय अस्पतालकी नर्सले बताइन् । युवतीले छोरीलाई जन्म दिएकी हुन् । घाँटीमा नाभि बेरिएको अवस्थामा बच्चा जन्मिएका कारण अस्पतालले तत्काल कृतिम स्वासप्रश्वास दिलाएर इन्फेक्सनबाट मुक्त पार्ने विधि समेत सकेपछि थप उपचारका लागि रेफर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आर्थिक अवस्था कमजोर रहेका कारण धनकुटा नगरपालिका–७ वडा कार्यालय र स्थानीयबासीले १७ हजार नगद उपलब्ध गराएका थिए । शिशुका परिवारले राजधानीस्थित कान्ति बाल अस्पतालमा ल्याएर बालिकाको उपचार थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया