एजेन्सी । बलिउडको चर्चित जोडी विराट कोहली र अनुष्काले छिट्ट नै लगनगाँठो कस्ने भएका छन् । बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली यही वर्षको डिसेम्बरमा विवाह गर्ने तयारीमा रहेको बताइएको छ ।

यद्यपि बिहेको मिति भने सार्वजनिक भइनससकेको भारतीय मिडियाहरुल्े उल्लेख गरेका छन् । भारतिय मिडियाका अनुसार श्रीलंका विरुद्ध हुने घरेलू सिरिजबाट ब्रेक लिएर विराट र अनुष्का विवाह गर्ने भएको बताइएको छ । श्रीलंकासँगको म्याचपछि भारतीय टिम साउथ अफ्रिका टुरमा जाने भएकोले सो समयमा विराटले समय पाउनेछैनन् त्यसैले यसको पहिला नै विवाह गर्ने योजना बनाएको बुझिन्छ । यो जोडी प्रेम सम्बन्धमा बाँधिएपछि एक पटक ब्रेकअप भएपश्चात पुन प्रेममा परेका यि दुई अहिले चर्चामा छन् ।

तपाईको प्रतिक्रिया