एजेन्सी । क्रिकेट बादशाह कपिल देवले बलिउडका चर्चित कलाकार रणवीर सिंहलाई क्रिकेट खेल्न सिकाउने भएका छन् । कबिर खानले १९८३ को क्रिकेट विश्वकपको बारेमा बनाउन लागेको फिल्मका लागी रणवीरले धेरै अभ्यास गर्नुपर्ने भएकाले क्रिकेट बादशाह कपिल देवलाई रणबिरलाई सिकाउने जिम्मा दिइएको हो । यो फिल्ममा रणवीर सिंह कपिल देवको भूमिकामा देखिदैछन ।विश्चविजेता टिमको सदस्य समेत रहेका कपिल देवले रणवीरलाई क्रिकेट सिकाउँदा धेरै कुराको राम्रो पक्षलाई चलचित्रमा समेट्न सकिने भएकाले निर्माण यूनिटले यस्तो निर्णय लिएको हो ।

सन १९८३ मा कपिल देवको नेतृत्वमा भारतले विश्वकप जितेको थियो । आउने वर्षदेखि मात्रै चलचित्रको छायांकन हुने भएपनि फिल्मको तयारीको लागि कलाकारहरुलाई क्रिकेटको तालिम दिने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया