ताजा खबर :- हाम्रो शरीरको हरेक सेललाई आइरनको आवश्यकता हुन्छ । यो हाम्रो शरीरको आवश्यक तत्व मध्य एक हो । हामीले यो ध्यान राख्न आवश्यक हुन्छ कि शरीरमा आइरनको कमी हुन दिनु हुँदैन । यस अवस्थामा आवश्यक हुन्छ कि शरीरमा आइरनको कमी हुनु हुँदैन र पोषण प्राप्त हुने आयरन युक्त भोजनको सेवन गरिरहनु पर्दछ । यसकारण हामी बताउँदै छौँ कि आफ्नो स्वास्थ्यलाई राम्रो बनाई राख्नका लागि तपाईलाई कुन आइरन युक्त चीजहरू आफ्नो भोजनमा समावेश गर्नु पर्दछ । पालक- यसले शरीरलाई मजबूत बनाउँछ । यसमा आइरन अधिक मात्रामा हुन्छ, जसले रगत सफा गर्छ र साथै शरीरमा हीमोग्लोबिन बढाउन पनि यसले मद्दत गर्छ । माछा- यसमा ओमेगा-3 को मात्रा अधिक हुन्छ । साथै यसमा भिटामिन डी पनि हुन्छ । यसलाई आफ्नो आहारमा समावेश गर्नाले शरीरमा आइरनको कमी हुँदैन र यो प्रोटीनको एक राम्रो स्रोत हो । कालो बोडी- यसमा प्रोटीन र फाइबर अधिक मात्रामा हुन्छ । यसले रगतमा इन्सुलिनको मात्रालाई सन्तुलित राख्छ । जसबाट डायबिटीजको खतरा पनि कम हुन्छ । पिस्ता- यसको सेवन गर्नाले शरीरलाई प्रयाप्त मात्रामा आयरन र भिटामिन बी मिल्छ । साथै यसले वजन कम र वजनलाई नियन्त्रण राख्नमा मद्दत गर्छ । किशमिश- यदि तपाईको शरीरमा आइरनको निकै कमी छ भने दिनमा २-३ किशमिश खाँदा यस्ता समस्याबाट आराम पाउन सकिन्छ । चुकुन्दर- यो आइरनको राम्रो स्रोत हो । यसबाट शरीरमा हीमोग्लोबिन बन्छ । जसको शरीरमा रगतको कमी हुन्छ, उनीहरूको लागि निकै लाभदायक हुन्छ । अनार- यो आइरन र रगत दुवैको कमीलाई पूरा गर्छ । दिनहुँ यसको जूस पिउनाले रक्तसंचार पनि राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया