एजेन्सी । मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मलेसियाको पेनाङ शहरमा मंगलबार बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस जुधेका हुन् ।

न्यू स्ट्रेट टाइम्सका अनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएका छन् । मृतक सवै महिलाहरू रहेको र मृत्यु हुनेहरुको नाम तथा उनीहरुको देशबा बारृेमा पैहरीले केही खुलाएको छैन् ।

तपाईको प्रतिक्रिया