काठमाडौं – अभिनेत्री विपाशा बासुले अभिनेता पति करणसिंह ग्रोभरका साथमा हालै एउटा कन्डमको एड खिचाएकी छिन् । विपाशाले आफ्नो इन्स्टाग्राममा सो एडका केही फोटोहरू तथा भिडियोसमेत सेयर गरेकी छिन् । ती फोटामा उनीहरू निकै हट देखिएका छन् ।

टेलिविज्ञापनमा विपाशा स्विमिङ पुलबाट बाहिर आइरहेकी छिन् । त्यसपछि विपाशा र करण जंगल, घर र बाथटपमा रोमान्सरत देखिन्छन् । भिडियोको अधिकांश दृश्यांशमा करण सर्टविहीन देखिन्छन् भने विपाशा निकै बोल्ड ड्रेसमा प्रस्तुत भएकी छिन् । विपाशाले अपलोड गरेको २० घण्टामा तीन लाखभन्दा बढीले सो विज्ञापन हेरिसकेका छन् ।

विपाशा अन्तिमपटक सन् २०१५ मा ‘अलोन’ फिल्ममा देखिएकी थिइन् । उनी र करणले सन् २०१६ मा बिहे गरेका हुन् । त्यसपछि उनीहरूको हातमा फिल्म परेको खबर छैन । उनीहरू अचेल यस्तै टेलिविज्ञापनमा रमाउने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया