दाङ, कात्तिक – जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेलाई कारबाही गरी रु ४४ लाख ३७ हजार राजश्व संकलन गरेको जनाएको छ ।

तीन महिनामा सात हजार २०० सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।

गत साउनमा दुई हजार ५०० सवारी चालकलाई कारबाही गरी रू १२ लाख ३५ हजार, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी रू १६ लाख ४५ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताउनुभयो । उहाँका अनुसार असोजमा दुई हजार ६०० सवारी चालकलाई गरिएको कारबाहीमा रू १५ लाख ५७ हजार ५०० राजश्व संकलन भएको छ ।

तपाईको प्रतिक्रिया