एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लागातार दोस्रो पटक फिफा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यस वर्ष पनि चर्चित स्ट्राइगर रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि हराउदै उत्कृष्ट अवार्ड हात पार्न सफल भएका हुन् ।

३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया