काठमाडौँ । प्रदेश सभा क्षेत्र नं २ का लागि एमाले मनाङले दीपक मनाङेको नाम सिफारिस गरेको थियो। नेतृत्वबाट पनि मनाङेले टिकटको आश्वासन पाएका थिए।

तर, अन्तिम समयमा एमालेले खाण्ड लामा गुरुङलाई उम्मेदवार बनायो। त्यसका विरुद्ध मनाङेले बागी उम्मेदवारी दिएका छन्।

पाँच हजार आठ सय ८० मतदाता रहेको मनाङमा मनाङेले थोरै प्रभाव पार्दा पनि नतिजा तलमाथि हुने डर एमालेलाई रहेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया