सुनसरी । नागरिकताको मिति सच्याउन आएका सर्वसाधारणसँगबाट घुसलिँदा लिँदै ३ सुब्बा पक्राउ परेका छन् । नागरिकताको मिति सच्याउन आएका सुनसरी, बराहा नगरपालिकाका प्रकाश भट्टराईसँग २० हजार रकम लिँदा लिँदै दिएमात्र नागरिताको जन्ममिति सच्याइदिने भन्दै रकम असुल गरेका अख्तियारले जनाएको छ ।

सुनसरीको धरान उपमहानगरपालिकास्थित इलाका प्रशासन कार्यालयका तीनजना नायब सुब्बा हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदी सेवाग्राहीसँग २० हजार रकम घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई अख्तियारका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल नेतृत्वको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागी हिरासतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया