नेपालगन्ज ०६ कार्तिक । नेपालगन्ज उपमहानगरपालीकाको औद्योगिक क्षेत्रअगाडि सुर्खेत रोडमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । एकजनाको अवस्था गम्भिर छ । घाईते हुनेमा नेपालगन्ज १६ का ३० वर्षीया सुनिता ढकाल र उनका ६ वर्षिय छोरा आदर्श स्कुल नेपालगन्जमा युकेजिमा अध्ययनरत आयान बजगाईँ रहेका छन् ।

आर्यनको बायाँ खुट्टा फ्याक्चर भएको छ । आर्यनको अवस्था गम्भिर छ भने सुनिताको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाईते दुबैको नेपालगन्ज मेडिकल कलेजमा उपचार भईरहेको छ ।

आज दिउसो सवा २ बजेतिर जमुनाह भन्सारबाट नेपालगन्जतर्फ आईरहेको युपि ७० इटि ८३५९ नं. को भारतिय नम्बर प्लेटको ट्रकले सोहि दिशातर्फ आईरहेको भे ४ प ६७७३ नं. को स्कुटरलाई पछाडिबाट ठक्कर दिँएको थियो । ठक्कर दिने ट्रकका चालक फरार छन भने सहचालक भारतको इलाहबादका सुजित कुम्हारलाई ट्रक र स्कुटरसहित बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया