विराटनगर, ६ कात्तिक – लोक आस्थाको महान् पर्व छठ भोलिदेखि विधिवत् रुपमा शुरु हुँदैछ ।

कात्तिक शुक्ल चतुर्थी तिथिदेखि शुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि विधिवत् रुपमा यो पर्व सम्पन्न हुन्छ ।

यस पर्वका वर्तालुले चतुर्थी तिथिमा घरको पूजास्थललाई पवित्रताका साथ सफासुग्घर गरी स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमीका दिन ‘खरना’ गरिन्छ । यस अवसरमा वर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन् ।

घरमा पूजापाठको क्रममा सोही खीर देवीदेउतालाई चढाइन्छ । सो खीर प्रसादका रुपमा आफू पनि ग्रहण गरिने र परिवार सदस्यका बीचमा वितरण गरिन्छ । सो प्रसाद ग्रहण गरेपछि वर्तालु महिलाको पुनः उपवास शुरु हुन्छ । लगातार ३६ घण्टाभन्दा बढी समयसम्म उपवास गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

छठ पर्व किन मनाइन्छ ?

सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।

छठ माता को हुन ?

छठ माता को हुन ? भनेर विभिन्न प्रकारका विचारधारा देखिएको भए पनि यस विषयमा श्रीमद्देवी भागवत् पुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको प्रसंग शीर्षकमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो । सो पुराणमा उल्लेख गरिएको छ, “राजा प्रियव्रतलाई सन्तान थिएन् । सन्तानका लागि राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रुपमा खान दिनुभयो । त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रको जन्म दिनुभयो तर, पुत्र मृत अवस्थामा जन्म लिए ।”

मृत सन्तान जन्मे खवरले राजा विह्वल भए । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै “म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।” उहाँले राजाको मृत बच्चालाई काँखमा उठाएर जीवित पार्नुभयो ।

 

त्यसपछि, देवीले मेरो पुजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिनुभयो ।

कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको विश्वास गरिन्छ ।

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?

भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको आठौँ दिनमा छठ पूजा हुने गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण (रावण) हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।

यसका साथै, रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टमा रहेका मानिसको दुःख नाशको के उपाय रहेको सम्बन्धमा सर्वशास्त्रज्ञ शौनकमुनिले सूतजीसमक्ष जिज्ञासा राख्नुभएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सोही अवसरमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउन थाल्नुभयो । सोही क्रममा उहाँले एउटा दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई वरण गर्नु नै उत्तम उपाय ठाने र सोही समयमा एक विद्वान् ब्राह्मण दरबारमा पुगेका छन् ।

राजाले उहाँसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, सन्तान अल्पायुमा मर्ने, पतिले पत्नी त्याग गर्नेलगायतका दुःखको अन्त्यको समाधानको उपाय खोज्न निवेदन गर्नुभयो ।

विद्वान् ब्राह्मणले यी सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेको बताउँदै कात्तिक शुक्ल पञ्चमी(खरना)देखि अस्ताउँदो र उदाउँदो सूर्यको पूजाको सम्बन्धमा विस्तारमा जानकारी गराउनुभएको थियो । राजाका साथै प्रजाले सोही तिथिमा सूर्यदेवको पूजा गरेपछि कष्टबाट मुक्त भएको विश्वास छ ।

यो पर्व कृषिमा आधारित पर्वको रुपमा रहेको देखिन्छ । यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्यको रुपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पन गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रुपमा अर्पन गरिन्छ । तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पन नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन ।

यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट शुरु गरेपछि

तपाईको प्रतिक्रिया