खगेन्द्र दाहाल, नेपालगन्ज ०६ कार्तिक । जिल्ला पशु सेवा कार्यालय बाँकेले विगतका वर्षमा वितरण गर्दे आएको हिउदे घाँसको विउ यो वर्ष अझै वितरण हुन सकेको छैन । धान काटे लगतै लगाउनुपर्ने घाँसको विउ सम्बन्धीत पशुसेवा कार्यलयका कर्मचारीले चासो नदिदाँ किसानले विउ पाउन सकेका छैनन । बजेट जिल्ला बाट स्थानिय निकायमा पठाइसकेकाले सम्पुर्ण सेवाका काम नगरपालिका र गाउपालिका बाट हुने भएकाले जिल्लाले यो वर्ष घाँसको विउ वितरण नगरेको जिल्ल पशु सेवा कार्यालय बाँकेका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए । घाँस लगाउने समय दिन प्रतिदिन घट्दै गएकोले पशुपालन गर्ने किसान चिन्तामा परेका छन ।

बाँकेमा हिउँदको समयमा पशुपालनका लागी जै र बर्सिम घाँस किसानहरुले लगाउदै आएका छन । स्थानिय तहमा खटिएका कर्मचारीहरु सम्पर्कमा नआउदा वितरणमा समस्या बनेको राप्ती सोनारी गाउपालीकाले जनाएको छ । बाँकेका कुनैपनि स्थानिय तहले हाल सम्म किसानलाई घासको विउ वितरण गरेका छैनन । खजुरा गाउँपालिकामा भने केहि दिन भित्रै घाँसको विउ वितरण गरीने अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । घाँसको उत्पादन राम्रो लिन कार्तिक महिना भरीमा किसानले घाँसको विउ लगाइसक्नुपर्ने हुन्छ । घाँसको विउ सम्बन्धीत कार्यालयमा एक महिना अघि स्टोर गरीसक्नुपर्ने भएपनि अहिले सम्म कुनै अत्तो पत्तो नभएको कोहलपुर नगरपालिका ८ पिपरीका गाईपालक किसान विष्णु पोखरेलले गुनासो गरे ।

पोखरेलको गाई गोठमा रहेको ३५ वटा गाईलाई चाहिने घाँस लगाउन एक कुइन्टल विउको आवश्यक रहन्छ तर विउ नै नगरपालिकामा नहुदाँ एग्रोभेट बाट महङगो मुल्यमा खरीद गर्न परेको बतए । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० का निर्मला सापकोटाले व्यवसायिक रुपमा पालेको भैसीको लागी चाहिने घाँसको विउ हालसम्म नपाउदाँ भैसी पालन गर्नमै समस्या बनेको बताए । किसानलाई अनुदान स्वरुप वितरण गर्नुपर्ने विउ समयमै उपलब्ध नगराउदा व्यवसायिक किसाहरु थप मारमा परेका छन । गौघाट बाँकेमा रहेको चरन तथा घाँसेबाली विउ वृद्धि फार्मले भने नजिकैका केहि समुहमा आवद्ध किसानहरुलाई केहि मात्रमा भएपनि बर्सिम र जै घाँसको विउ वितरण गरेको जनाएको छ । फार्मले समुहका किसानलाई सरदरमा दुई किलोका दरले तत्कालका लागी विउ वितरण कार्यक्रम अन्तरगर्त साढे ५ पाँच क्विन्टल बर्सिम घाँस निःशुल्क वितरण गरेको फार्मका प्रवन्धक ऋिषीराज कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया