भीमदत्तनगर : धान दाउने क्रममा ट्याक्टरको थ्रेसरमा परेर आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ मा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्र्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिनुभयो ।

धान दाउने क्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो । राधाकुमारीको मृत्युभएपछि परिवारका सदस्यहरुबिच रुवाबासी भएको छ ।

तपाईको प्रतिक्रिया