एजेन्सी । तपाईले देखेको वा सुनेको मध्ये सबैभन्दा ठूलो फर्सीको तौल कति केजीको होला ? अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको हो । जुन फर्सी विश्वमा अहिलेसम्म फलेको दोश्रो ठूलो भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यो फर्सी फलाउने किसानले २३६३ पाउण्ड तौलको फर्सीको प्रति पाउण्ड तौल बराबर ७ अमेरिकी डलरका हिसाबले १६५४१ डलर पुरस्कार पाएका छन् ।

११९० किलो तौलको फर्सी फलाएर बेल्जियमका किसान माथाइस विलेमिज्नसले विश्वमा नै अहिलेसम्मकै ठूलो फर्सी फलाएको जस पाएका छन् ।

तपाईको प्रतिक्रिया