काठमाडौं । डीआईजी रमेश खरेलले राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किंने भएका छन् । करिब डेढ वर्षअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंन लगेका हुन् । फेसबुकमा स्टाटस लेख्दै डीआईजी खरेलले भनेका राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको छु।

उनले भनेका उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन ९यूएनएएमआईडी०मा पी(४ अधिकृतका रुपमा कार्यरत खरेल अहिले डीआईजी बनिसकेका छन् । उनी मिसनमा गएकै बेला बडुवा भएका हुन् । स्टाटसबाट नै डीआईजी खरेलले भनेका छन् यस्तो विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु ।

दुई वर्षका लागि पाएको जिम्मेवारी १८ महिनामा नै सकेर उनी स्वदेश फर्किनुका पछाडी प्रहरीको भावी नेतृत्वको दौडमा लाग्ने आंकलन गर्न सकिन्छ । खरेल ०४५ मा खेलाडीका रुपमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया