काठमाडौँ । चर्चित हाँस्यकलाकार तथा समाजसेवी मह जोडीको प्रस्तुतीमा बन्न लागेको फिल्म ‘शत्रु गते’को शुभ मुर्हत गरिएको छ । सोमबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र निर्माण युनिट सहित क्यामेरा पूजा गरी शुभ मुर्हत गरिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । मह सञ्चारको प्रस्तुतिमा कलाकार किरण केसीले निर्माण गर्ने चलचित्रको शुभ मुर्हतमा निर्माताका रुपमा किरण केसी रहेका छन् । दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारहरुको अभिनय रहने चलचित्रको शुभमुर्हुत कार्यक्रमा पनि चलचित्रमा अभिनय गर्ने धेरैजसो कलाकारहरुको उपस्थिीति रहेको थियो ।

शुभमुर्हुत कार्यक्रमा दिपकराज गिरीले क्याल्प र किरण केसीले नरिवल फुटाएर चलचित्रको छायाङ्कन सुरु गरेका थिए । जसको छायांकारका रुपमा दीर्घ गुरुगं, सङ्गीतकार राजनराज सिवाकोटी रहेका छन् ।

तपाईको प्रतिक्रिया