काठमाडौं । लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बिहान सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उनी २४ औं मुख्यसचिव बनेका हुन् ।

रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीलाई प्रधानमन्त्री देउवाको सरकारले मुख्यसचिवमा बढुवा गरेको हो ।

तपाईको प्रतिक्रिया