काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांंक कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि उनी ललतिपुरको नेपाल मेडिसीटि हस्पिटलमा उपचारका लागी गएका छन् । पेटमा समस्या देखिएपछि ललतिपुरको भौँसेपाटीस्थित मेडिसीटि हस्पिटलमा गएका डा कोइरालाको उपचारमा डा शिशिर लाथे र डा सुनिल शर्माको टोलि उपचारमा संलग्न भइरहेको छ ।

डा कोइरालाले पेटको समस्या भएको बताएपछि केहीबेर अघि उनको इन्डोस्कोपी गरिएको थियो भने अहिले एमआरआई गर्ने तयारी अस्पतालले गरिरहेको छ ।

श्रीमती तथा गाइनोक्लोजिस्ट डा सुपात्राका साथमा अस्पताल पुगेका डा कोइरालाको निवासमा आज एक कार्यक्रमका बिच काँग्रेस प्रवेश गर्ने तयारी भइरहेकाले उनको तत्कालै उपचार सुरु गरिएको र अहिलेसम्म कुनै समस्या नभेटिएको पारिवारिक स्रोतले जनाएको छ ।

यस अगाडी पनि डा कोइरालाको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि राजधानीको ओम अस्पतालमा भारतको विशेषज्ञ टोली सहित ओम अस्पतालको टोलीले उपचार गरेको थियो ।

तपाईको प्रतिक्रिया