काठमाडौँ – स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

उनको च्यापु, ओठ र गालाको आधा भाग स्यालले खाएको छ । आजको नागरिकमा खबर छ ।

उपचारमा संलग्न चिकित्सक पियूष दाहालका अनुसार, -उनको अनुहारको तल्लो भाग विक्षिप्त हुने भएकाले उपचारमा कठिनाइ परिरहेको छ ।

-उनको छातीको मासु काटेर च्यापुमा लगेर टाँसिएको छ ।

-अवस्था समान्य हुँदै गएमा धेरैपटक शल्यक्रिया गरी च्यातिएका भाग सामान्य अवस्थामा ल्याउने प्रयास गरिनेछ ।

-मुखबाट आमाको दूध खान नमिलेकोले पाइपबाट अन्य खाने कुरा खुवाइएको छ ।

तपाईको प्रतिक्रिया