हास्य टेलिश्रृंखला मेरी बास्यैमा राजु पौडेल मास्टरको भूमिका देखिँदै आएका छन् । सोहि भूमिकाका कारण उनी दर्शकमाझ राजु मास्टर भनेर चिनिएका छन् । उनै राजु मास्टर चलचित्र शुभयात्रामा ड्राइभरको भूमिकामा देखिएका छन् । यस्तै, राजु मास्टरसँगै टेलिश्रृंखलामा देखिने मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) सहचालक बनेका छन् । उनीहरुले आम चालक र सहचालकको बोली र व्यवहारलाई चलचित्रमा प्रस्तुत गरेका छन् ।

यात्रुको सुरक्षा र अधिकारका बारेमा ख्याल गर्दा र ट्राफिक नियमको पालना गर्दा हुने फाइदालाई चलचित्रमा प्रस्तुत गरिएको छ । यातायात व्यवस्था विभागका लागि शुभ मिडिया होमले निर्माण गरेको यस चलचित्रलाई सरोज ओलीले निर्देशन गरेका हुन् भने बल्छी र राजु मास्टरले चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा बल्छी, राजु मास्टरसँगै शिवहरि आचार्य, रक्षा गुरागाईँ, निरज बराल, सविता सापकोटा, बेवो आचार्यलगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया