नेपालगन्ज ०५ कार्तिक । नेपालगन्जको एक पसलमा प्रहरीको विशेष टोलीले छापा मारेको छ । भेरी प्राविधिक शिक्षालय जाने वाटो नजीकै विपिचोकमा रहेको अन्सारी ट्रेडसमा छापा मार्दा स्टीकर नभएको गुट्खा पाइएको छ ।

राजश्व तिरेपछि लगाउनुपर्ने स्टीकर नटासेको पाइएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको विषेश प्रहरी र राजश्व अनुसन्धान कार्यालय कोहलपुरले ५१ पोका मेघा श्री नामक गुट्खा सहित सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सुचनाका आधारमा संयुक्त रुपमा छापा मारेको थियो । राजश्व कार्यालयमा राजश्व तिरेपछि अनिवार्य रुपमा स्टीकर टास्ने गरीएको छ । स्टीकर नटासेको पाइएपछि अनुसन्धान थालीएको हो ।

तपाईको प्रतिक्रिया