काठमाडौँ । अर्बपति बिनोद चौधरीले भाईटिकाको दिन पुरै हल बुक गरेर चलचित्र छक्का पञ्जा २’ हेरेका छन् । दिपाश्री निरौलाद्धारा निर्देशित फिल्मले राम्रो सफलता पाइरहेका बेला ब्यबसायी चौधरीले भाइटिकाको दिन रातीको शोमा कलाकारहरु सहित पुरै हल नै बुक गरेर फिल्म हेरेर राम्रो भएको प्रतिक्रिया दिएका छन् । असोज ११ गते फूलपातीको दिनदेखि प्रर्दशनमा आएको फिल्म अहिले चौथो साता पनि सफलताको साथमा प्रदर्शन भइरहेको छ ।

करिब १५ करोडको कमाई गरिसकेको छक्का पञ्जामा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया