काठमाडौं, कात्तिक ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

यही कात्तिक मसान्तसम्म सम्पन्न गर्ने लक्ष राखिएको उक्त सभामा शीर्ष नेता तथा पार्टी पदाधिकारीले सम्बोधन गर्नेछन् ।

पार्टीले आफ्नो सम्भावना भएका स्थानमा अरु दलको सहयोग लिने तथा सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने भएको छ ।

यसैबीच, पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराएको पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया