काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीको हातबाट उनकै निवास कमलादीमा पुगेर टीका ग्रहण गरेका छन्। ज्ञानेन्द्रले साइत भन्दा एक घण्टा अगाडि नै टीका र प्रसाद ग्रहण गरेको दरबार निकट स्रोतले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा उत्तम भएको उल्लेख गरेपनि ज्ञानेन्द्रले भने १०:४५ मै टीका ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया