काठमाडौँ । तिहारको अन्तिम दिन भाइटिकाको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले आफ्ना दाज्यू -भाई तथा दिदी -बहिनीलाई टिका लगाएका तस्विरहरु बाहिर आउने क्रम जारी छ । अधिकांश कलाकारले भाइटिकालाई विशेष रुपमा मनाएको उनीहरुको फेसबुक पोष्टबाट पनि वुझ्न सकिन्छ । शनिबार नेपाली चलचित्रका कलाकारहरुले आ९आफ्नै शैलीमा भाइटिका मनाउँदा नायक अनमोलले दिदी काजोजलाई ढोग गरेको स्टाइलको फोटो अहिले सामाजिक संजालमा चर्चामा छ । अमेरिकामा रहँदै आएकी काजोल भाइलाई टिका लगाउनका लागि भनेरै नेपाल आएकी थिइन् । त्यस्तै, नायक भूवन केसीले पनि आफ्ना दिदीहरुसँग भाइटिका लगाएका छन् ।

तपाईको प्रतिक्रिया