काठमाडौँ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज पहिलो चरणको उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुनेछ ।

यसैबिच शीर्ष दलहरुले संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाउने क्रम जारी रहेका बेला नेकपा माओवादीले पनि आफ्नो भागका प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेसँग चुनावी तालमेल गरेको माओवादीले तालमेल अनुसार ७४ सीटमध्ये माओवादीले पाएको ३३ सिटको टुंगो लगाएको हो । आफूले पाएका ३३ सीटमध्ये केही स्थानबाहेक माओवादीले लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाएको हो ।

७४ सीटमध्ये एमालेले ४१ सीट पाएको छ । यसैबिच प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ । ७४ सीटमध्ये माओवादीले ३३ पाएको छ भने एमालेले ४१ सीट पाएको छ । आफूले पाएका ३३ सीटमध्ये केही स्थानबाहेक माओवादीले लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाएको छ ।

संघीय संसदका १६ उम्मेदवारहरु: भोजपुरः सुदन किराँती सोलुखुम्बुः हेमकुमार राई रामेछापः श्यामकुमार श्रेष्ठ सिन्धुपाल्चोक २ः अग्नीप्रसाद सापकोटा नुवाकोट १ः हितबहादुर तामाङ लमजुङः देव गुरुङ गोरखा १ः हरिराज अधिकारी गोरखा २ः नारायणकाजी श्रेष्ठ बागलुङ २ः देवेन्द्र पौडेल रोल्पाः वर्षमान पुन रुकुम पूर्वः कमला रोका रुकुम पश्चिमः जनार्दन शर्मा जुम्लाः गजेन्द्र महत कालिकोटः दुर्गाबहादुर रावत हुम्लाः चिमी लामा जाजरकोटः शक्तिबहादुर बस्नेत

प्रादेशिक संसदका उम्मेदवारहरु

१.ताप्लेजुङ (ख) टंक आङबुहाङ २. पाँचथर (ख) इन्द्र आङबो ३. संखुवासभा (क) पूर्णप्रसाद राई ४. ओखलढुंगा (ख) मोहनकुमार खड्का ५. खोटाङ (ख) रामकुमार राई ६. दोलखा (ख) विशाल खड्का ७. रसुवा (ख)ईन्द्रबहादुर गोतामे ८. सिन्धुपाल्चोक(२ (क) युवराज दुलाल ९. सिन्धुपाल्चोक(२ (ख) दावा लामा १०. नुवाकोट(१ (क) राधिका तामाङ ११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा १२ धादिङ(१ (ख) शालिग्राम जमरकट्टेल १३. धादिङ(२ (ख) जगत सिंखडा. १४. गोरखा(१ (क) लेखबहादुर थापा १५. गोरखा(२ (क) कमला नहर्की १६. गोरखा(२ (ख) अमर तमु १७. बाग्लुङ( १ (ख)चन्द्रबहादुर बुढा १८. बाग्लुङ(२ (क) चन्द्रबहादुर बूढा १९. म्याग्दी (क)विनोद केसी २०. रोल्पा (क) कुलबहादुर केसी २१. रोल्पा (ख) दिपेन्द्र पुन २२. रुकुम पूर्व (क) तेजबहादुर ओली २३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती २४. जुम्ला (क) नरेश भण्डारी २५. कालीकोट (ख) दूर्गाबहादुर राउत २६. हुम्ला (क)लालकेस जैसी २७. हुम्ला (ख)विजय भण्डारी २८. रुकुम पश्चिम (क) गोपाल शर्मा २९. रुकुम पश्चिम (ख) रातु कामी ३०.डोल्पा (ख) वीरबहादुर शाही ३१. बझाङ (ख) देवकी मल्ल ३२. बैैतडी (क) केशवबहादुर भट्ट ३३. दार्चुला (ख) मानबहादुर धामी

तपाईको प्रतिक्रिया