काठमाडौा । शनिबार सम्पन्न भाइटिकाका अवसरमा रमाइला र रोचक दृश्यहरु पनि देखा परेका छन् । भाइटिकाका दिन देशका चर्चित अनुहार तथा कलाकारहरु तथा आम सर्वसाधारणहरुका तस्विरहरु सार्वजनिक भइरहेका बेला त्यसको माझमा एउटा भिन्न तस्विर यतिबेला चर्चामा छ । ९५ वर्षीय दिदीले ८८ वर्षीय भाईलाई भाईटिका लगाएको तस्बिर अहिले सामजिक संजालमा भाइरल भएको छ । यो तस्बिर कहाँबाट कसले अपलोड गरि भाइरल भएको भन्ने विषयमा केही नखुले पनि तस्विरमा बृद्ध अवस्थाका दिदी भाइको अमर प्रेमले सरल भाषामा जिवन्त सन्देश प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया