सुरुङ्गा, झापा, ५ कात्तिक- झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।

मे६प ९५०५ नंको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति गाउँपालिका–४ निवासी बमबहादुर बुढाथोकीको सात वर्षीय छोरा विशाल बुढाथोकीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा सवार चालक बुद्धशान्ति गाउँपालिका–७ निवासी २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकै श्रीमती २२ वर्षीया पूजा थापा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया